अतिक्रमित र मापदण्ड विपरीत संरचना हटाउन सात दिनको अल्टिमेटम

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अतिक्रमित जग्गा र मापदण्ड विपरीत बनेका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएको छ।

महानगरले काठमाडौँ उपत्यका विकास प्राधिकरणसँगको सहकार्यमा सार्वजनिक सम्पत्ति र मापदण्ड विपरीत निर्माण भएका संरचनामाथि कडाइ गर्ने निर्णय गरेको हो।

महानगर र प्राधिकरणले संयुक्त रूपमा जारी गरेको सूचनामा भनिएको छ,“काठमाडौँ महानगरपालिका क्षेत्रभित्र तथा सिमाना जोडिएका काठमाडौँ जिल्लाभित्रका सार्वजनिक स्थानहरूमा रहेका अतिक्रमित संरचना सात दिनभित्र स्वयंसेवक रूपमा हटाउनुपर्नेछ, अन्यथा कानूनी कारबाही गरी संरचना खाली गरिनेछ।”

महानगरका अनुसार सार्वजनिक बाटो, फुटपाथ, खुला क्षेत्र, पार्क तथा नदीकिनारका अतिक्रमणलाई हटाउन विशेष अभियान सञ्चालन गर्ने तयारी भएको छ।
यसअघि पनि महानगरले यस्ता संरचना हटाउने अभियान थालेको भए पनि यसपालि कानूनी प्रक्रियासहित दृढताका साथ कार्यान्वयन गर्ने योजना बनाएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्