अनाधीकृत रुपमा बनाइएका संरचनामाथि चल्यो महानगरको डोजर

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि डोेजर चलाएको छ ।

शुक्रबार थापाथलीस्थीत राममन्दिर परिसरमा अनाधीकृत रुपमा बनाइएका संरचनामाथि महानगरले डोजर चलाएको हो । राममन्दिरको क्षेत्रमा बनाएका अनाधीकृत टहरालाई भत्काइएको महानगरले जनाएको छ । गुठी संस्थानको जग्गा अतिक्रमित गरेर बनाइएका संरचना हटाउन आग्रह गरेपनि नहटेपछि संस्थानले महानगरको सहयोग मागेको थियो । महानगरले टहरमा बस्नेलाई बाहिर निकालेर अस्थायी संरचनालाई हटाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्