महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न बसेको कांग्रेस पदाधिकारी बैठक निष्कर्ष विहीन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १५ कात्तिक । आज बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक निष्कर्षविहीन भएको छ। महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न बसेको पदाधिकारी बैठक निष्कर्षविहीन टुंगिएको हो । पार्टीको महाधिवेशन चुनाव अघि कि पछि गर्ने भन्ने विवाद चर्किएपछि थप छलफलका लागि आज पदाधिकारी बैठक बसेको थियो।

आजको बैठकमा कुनै निष्कर्षमा नपुगेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। उनले भोलि दिउँसो १ बजेबाट केन्द्रीय समिति बैठक निरन्तर बस्ने उनले बताए।

हिजो महामन्त्री गगन थापाले पुस १६ गते नियमित महाधिवेशन गर्ने कार्यतालिका बैठकमा पेस गर्ने अडान लिएका थिए। तर, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति नदिएपछि हिजो बैठक बस्ने नबसी स्थगित गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्