उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति छैन -झलनाथ खनाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १५ । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टीलाई एकीकृत बनाइने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आफु निकट नेताहरुको भेलामा सहभागी हुन पुग्नु भएका नेता खनालले पार्टीलाई पुर्नगठन÷गठन गरेर एकीकृत बनाइने बताउनुभएको हो । पार्टीलाई सिंगो बनाउन अहिले टुक्रा भएको उहाले बताउनुभयो ।

खनालले उचित वातावरण बनाए एमालेमा फर्कन कुनै आपत्ति नरहेको जिकिर गर्नुभयो । केपी ओलीले घर फर्क भनेर मात्रै नहुने भन्दै खनालले ढोका राम्रोसंग खोल्नुपर्ने र बस्ने ठाँउ राम्रो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

उहाले कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पु¥याउनको लागि आफुहरु छलफलमा जुटेको धारणा राख्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्