गायक रमेश थापाको उपचारका लागी सानु केसी एक्लैले जुटाए ८३ हजार बढी रकम

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १६ । ब्रेन ह्यामरेजका कारण थलिएका गायक रमेश थापाको उपचारको लागी भन्दै अहिले कलाकारहरुले सहयोग रकम संकलन गरिरहेका छन । थापाको थप उपचारका लागी आवश्यक सहयोग रकमका लागी राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाले पनि भारी सहयोग रकम संकलन गरेका छन । कटुवालले थापाको थप उपचारका भन्दै विभिन्न दाताहरुबाट सहयोग संकलन गर्न अघि सरेका छन । हाल काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा थापाको केही दिन अघि मात्रै ब्रेन ह्यामरेजको अपरेशन गराएका छन । थापाको ब्रेन ह्यामरेजको शल्यक्रिया सफल भएता पनि अस्पताललालाई बुझाउनु पर्ने रकम बाँकी नै रहेको पनि कटुवालको भनाई छ । अहिले अस्पताल प्रशासनलाई ७ लाख रुपैया बुझाउन बाँकी नै रहेको पनि खुलेको छ ।
त्यस्तै कटुवाल पछि कलाकार सानु केसीले पनि थापाको उपचारका लागी ८३ हजार ४ सय ६९ रुपैया संकलन गरेका छन । उनले गायक थापाको स्वास्थ्य उपचारका लागी भन्दै सामाजिक सञ्जालबाट गरेको आग्रह बाटै यत्तिका रकम संकलन गरेका हुन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्