पहुँचका आधारमा भर्ती भएका निगमका कर्मचारीलाई तु हटाउन प्रधानमन्त्री कार्कीको निर्देशन

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक १६ ।  प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा भर्ना भएका करारका कर्मचारी तत्काल हटाउन निर्देशन दिएकी छन्। उनले पहुँचका आधारमा निगममा भर्ना भएका कर्मचारीलाई हटाउन निर्देशन दिएकी हुन्।

नागरिक उड्डयन तथा पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी प्रधानमन्त्री कार्कीले आज निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीलाई सिंहदरबारमा बोलाएर बैठक राखेकी थिइन्।

उनले अवकाश पाएर घर जान लाग्दा पनि मनपरी गर्न नछाडेको भन्दै कतिसम्मको बेथिति हो? भन्दै प्रश्न गरेकी थिइन्। कुनै समय गौरव गर्नलायक बनेको संस्था अहिले दर्दनाक अवस्थामा पुगेको भन्दै निगमभित्रका बेथिति हटाउन कसैको मुख नहेरी कदम चाल्न उनले निर्देशन दिएकी छन्।

निगम सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले केही दिनमै देखिने गरी काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्यालसहित निगमका अधिकारीहरू उपस्थित थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्