कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको छुट्टै भेला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौ, १७ कात्तिक । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूले छुट्टै भेला सुरु गरेका छन् । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।

नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा उनीहरु भेला भएका हुन् । ‘कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरु भेला हुने क्रमम जारी रहेको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए ।

भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने पनि बताए । भेलाले २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारी कालागि आह्वान गरिने उनको भनाइ छ ।

संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्