वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच छलफल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २० कात्तिक । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबिच छलफल भएको छ ।

छलफलमा पूर्व मन्त्री जनार्दन शर्मा, सुदन किराती, रास्वपा कार्यवाहक सभापति डीपी अर्याल, नेसपा नयाँ शक्तिकी नेतृ दुर्गा सोव लगायतकाबीच छलफल भएको हो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि बदलिँदो राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठन सहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका विषयमा छलफल केन्द्रित रहेको नेताहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी