गृहमन्त्री अर्यालद्धारा आन्दोलनमा आगजनी भएको पूर्वराष्ट्रपति भण्डारीको घरको निरिक्षण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २० कात्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको निरिक्षण गर्नुभएको छ ।

बिहीबार चपली पुगेर अर्यालले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको पूर्वराष्ट्रपति भण्डारीको निरिक्षण गर्दै क्षतिको बिबरण लिनुभएको थियो ।

त्यसलगतै गृहमन्त्री अर्यालले पूर्वराष्ट्रपति भण्डारीसंग छलफल समेत गर्नुभएको थियो । छलफलका क्रममा पूर्वराष्ट्रपति भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनका तयारीका बारेमा चासो व्यक्त गर्नुभएको थियो ।

यसअघि अर्यालले काठमाडौँको बोहोराटारस्थित राष्ट्रपति रामचन्द्र पौडेलको घरको समेत निरिक्षण गर्नुभएको थियो भने पूर्वराष्ट्रपति डा रामवरण यादवसंग पनि भेटवार्ता गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्