रास्वपाको विस्तारित बैठक आजदेखि , आगामी रणनीति तय हुने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु हुँदैछ। बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति र आगामी निर्वाचनका तयारीबारे महत्वपूर्ण निर्णय हुने बताइएको छ।

पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा देशभरका केन्द्र, प्रदेश र ७७ वटै जिल्लाबाट ५ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन र उपसभापति डा। स्वर्णिम वाग्लेले निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन्।

बैठकमा प्रदेश सभापतिहरूले आफ्नो प्रदेशभित्रका पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने कार्यसूची रहेको ढकालले बताए। उनले बैठक सफल बनाउन सबै प्रतिनिधिहरूलाई सहकार्यका लागि आग्रह समेत गरे।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्