रामकुमारी झाँक्रीको प्रतिक्रिया :माधव नेपालले आफ्नै बेइज्जत हुनेगरी कारबाही गरे

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले माधवकुमार नेपालले आफूलाई कारबाही गर्दा “लोकले के भन्ला” भन्ने नसोचेको टिप्पणी गरेकी छन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत झाँक्रीले भनिन्, “माधव नेपालले आफ्नै बेइज्जत हुनेगरी मलाई कारबाही गरे। यो कारबाहीको कुनै अर्थ छैन।” उनले १९ वर्ष पार्टी नेतृत्वमा रहेकाबाट यस्तो व्यवहारको अपेक्षा नराखेको बताइन्।

इतिहास फेरि बल्झिएको उल्लेख गर्दै उनले लेखेकी छन्, “जिन्दगीमा के लानु छ कमरेडरु लाने त एउटा स्मृति मात्रै — मिठो वा तितो। हार्दिक धन्यवाद यो अन्तिम कर्मका लागि।”

माओवादी केन्द्रसहितका दलसँग एकता गरी नेपाली कम्युनिष्ट पार्टी गठन गर्ने क्रममा झाँक्रीलगायत नेताहरूलाई समाजवादी अध्यक्ष नेपालले कारबाही गरेका थिए। झाँक्रीले २०७८ सालमा एमाले फुटाउँदा नेपाललाई साथ दिएकी थिइन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्