गणेशमान सिंहको १११औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाण्डौं, २४ कात्तिक । विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको १११ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ ।

गणेशमान जन्मजयन्तीका अवसरमा सोमबार कांग्रेस नेता प्रकाशमान सिंह लगाएतले शोभाभगवतीस्थित गणेशमानको सालिकमा माल्यार्पण गरेका थिए ।

सो अवसरमा कांग्रेस नेता सिंहले नेपालको परिवर्तनमा गणेशमान सिंहले खेल्नुभएको योगदानको स्मरण गर्नुभयो । उहाले राणाशासनको समाप्तीमात्रै नभइ पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि पनि गणेशमानको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

यस्तै नेता सिंहले वर्तमान सरकार गठन र प्रतिनिधिसभा बिघटन असंवैधानिक भएको निर्णय कांग्रेसले गरिसकेको भन्दै आगामी कदमका बारेमा कांग्रेस केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने बताउनुभयो । उहाले महाधिवेशन लगाएतका बिषयमा कांग्रेसले एकमतका साथ निर्णय गर्ने दावी गर्नुभयो ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गर्नुभएको प्रस्तावमा उहाँले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गर्नुभएको थियो । विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको विसं २०५४ असोज २ गते निधन भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्