प्रचण्ड र माधव नेपालको पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको पार्टी मात्रै हो- ओली

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, कार्तिक २४ । नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा महाविपत्ति ल्याउने काम भएको बताउनुभएको छ ।

नेकपा एमालेले सोमबार काठमाडौंमा आयोजना गरेको घर फर्क राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेतालाई स्वागत गर्दै ओलीले युवाहरूलाई एउटा परिस्थिति खडा गरेर मर्ने, मराउने काम भएको बताउनुभयो । जेनजी आन्दोलनको नाममा देशलाई अँध्यारो बाटोमा लैजाने प्रयास भएको उहाँको भनाइ छ ।

यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेलाई सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्छ भनेर धेरै नेता, कार्यकर्ताहरू एमालेमा फर्कनु भएको ओलीले बताउनुभयो । यसले एमालेलाई थप ऊर्जा प्रदान गरेको ओलीले बताउनुभयो । हालै बनेको नेपाली कम्युष्टि पार्टी प्रति लक्षित गर्दै उहाँले सो पार्टी बुढाखाडा र बरियादा खोज्ने नेताहरूको मात्र पार्टी भएको टिप्पणी गर्नुभयो ।

एमाले फर्किएका नेताहरूलाई एमालेले कुनै प्रलोभन नदेखाएको ओलीले बताउनुभयो । नेकपा एमालेको समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य पुरा गर्न उहाँहरू घर फर्कनु भएको ओलीले बताउनुभयो ।

भदौ २३ र २४ को घटना सुनियोजित उपद्र भएको उहाँको भनाइछ । अब एमालेले टोल टोलमा सुरक्षा दस्ता बनाएर यस्ता घटा हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । दण्डहीनताका प्रवृत्तिले दीर्घकालीन प्रतिशोध जन्माउने कुरामा सचेत हुन उहाँले सरकारलाई चेतावनी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्