कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमार्डौँ, २५ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्दै छ ।
आइतबार र सोमबार स्थगित दुई दिन स्थगित भएको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा छ । पूर्वमन्त्री आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक दुई दिन स्थगित गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्