काठमाडौं, २५ कात्तिक। राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सुवेदीलाई आज पदमुक्त गरेका हुन् । मन्त्रिपरिषद् बैठकले सोमबार उनलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।





