काठमाडौँ, २६ कात्तिक । वामदेव गौतम नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले पार्टी खारेज गरेको हो ।
नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।
आयोगमा दर्ता भएका दलको सङ्ख्या १२५ रहेको आयोगले जनाएको छ ।





