काठमाडौँ, २६ कात्तिक । नेकपा एमालेका पूर्वउपाध्यक्ष एवम् ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिया रहेको भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् ।
रावललाई पार्टीको हाइकमाण्डमा सदस्य रहने गरी भूमिका हुने बताइएको छ ।
गत आइतबार मात्रै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरूसँगको संवादपछि रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भएका हुन् ।
आज दिउँसो काठमाडौँमा ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने बताइएको छ ।





