कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौँ, २६ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । तिहार अघिबाट सुरु भएको केन्द्रीय समिति बैठक जारी छ ।

विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशनको गर्ने भन्ने निर्णय हुन नसक्दा नेताहरू विभाजित छन् । पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि देश बाहिर रहँदा पार्टीको कार्य सम्पादन र निर्णय निकाल्न नेताहरूलाई समस्या परिरहेको छ । नेताहरूले संसद् पुनर्स्थापना, निर्वाचनमा जानुपर्ने, महाधिवेशन निर्वाचनअघि गर्नुपर्ने लगायतका मागहरू राखिरहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्