सुकुम्बासी समस्याको दिर्घकालिन समाधान गर्नेगरी सरकारले तयारी गरेकाे छः प्रधानमन्त्री

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ११ मंसिर ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी समस्याको दिर्घकालिन समाधान गर्नेगरी सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

सोमबार माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को बेवसाइट सार्वजनिक गर्दै प्रधानमन्त्री प्रचण्डले स्वबासी, सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा जग्गा उपलब्ध गराउने विषयमा आवश्यक निर्णय गर्ने तयारी भइरहेको जानकारी दिनुभएको हो । उहाँले सुकुम्वासी समस्या समाधानका लागि मन्त्रिपरिषद्ले ऐन संशोधन गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै उहाले वन ऐनको पनि संशोधन गर्ने निर्णय भएको जानकारी दिदै यसले एक प्रकारको क्रान्ति ल्याउने दावी गर्नुभयो । माओवादीका अध्यक्ष समेत रहनुभएका प्रचण्डले गत केन्द्रीय समितिको बैठकले पार्टीको आइसीटी फोरम गठन गर्ने निर्णय गरेको र सोहीअनुसार काम अगाडि बढेको उल्लेख गर्नुभयो ।

सरकारले गरेको राम्रो कामको प्रचार गर्न आग्रह समेत गर्नुभयो । अरुले बरु धेरै राम्रो भयो भने बधाई दिदा राम्रो कुरालाई राम्रो भन्न माओवादीकै संगठन तयार नभएको उहाले गुनासो गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिलाई सदुपयोग गरेर मुलुकलाई समृद्धिको दिशामा अगाडि लैजाने बताउनुभयो । सामाजिक सद्भाव खल्बलिने अवस्था आएकाले सरकारले सामाजिक सञ्जाल निर्देशिका जारी गरेर कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी