कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुधबार बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन्।

बैठकमा समसमायिक राजनीतिक विषयका साथै पार्टीको महासमिति बैठकको तयारीलगायत विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेस महासमिति बैठक आगामी पुसको दोस्रो साताका लागि बोलाइएको छ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी