सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रमुख दलका शीर्ष नेता बिच छलफल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले आइतबार बालुवाटारमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकसंग सङ्क्रमणकालीन न्यायसम्बन्धी कानूनका बिषयमा छलफल गर्नुभएको हो ।

सङ्क्रमणकालीन न्यायसँग जोडिएको शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेलगायत विषयमा छलफल केन्द्रीत रहेको कांग्रेसका प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।

उहाले सङ्क्रमणकालीन न्यायका सम्बन्धमा देखिएका समस्या समाधान गर्दै छिटै अघि बढाउनुपर्नेमा सवैको जोड रहेको बताउनुभयो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा विचाराधीन अवस्थामा छ । शीर्ष तहमा सहमति जुटाएर संसदको आगामी अधिवेशनबाटै पारित गर्ने तयारी गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्