काठमाडौं, पुष ८ । वर्तमान सरकारले राजनितिक अस्थिरता, सुशासन र समृद्धिका क्षेत्रमा काम गर्न नसकेको राजनितिक विश्लेषक सुदर्शन आचार्यले टिप्पणी गर्नुभएको छ । पाँच वर्षका लागी बनेको सरकारले एक बर्ष पुरा गर्दै गर्दा मन्त्रीमण्डल हेरफेर गर्न लागेको बताउँदै गठबन्धन भित्र दलीय हिसावले को ठिक को बेठिक र कसलाई पठाउने र नपठाउने पार्टीभित्रको रस्साकस्सी अन्तरद्धन्द यो कुनैपनि कुराकोु तुक नदेखिएको बताउनभयो ।
रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा सहकर्मी नमराज भण्डारी सँग कुराकानी गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । प्रमुख दलहरुका संसदीय दलका नेता व्यवस्था परिवर्तनका लागी कावील भए पनि जनताको समृद्धिको यात्रा र मुलुकलाई सृमृद्धिको यात्रामा भने कावील हुुन नसकेको बताउनुभयो ।
उहाँले मिसन ८४ भन्नु दलहरुका लागी आफु सत्तामा पुग्नलाई भएको बताउँदै राजनितिक दलहरुका लागी मिसन ८४ नभई देशको समृद्धिका लागी रातदिनै काम गर्नुपर्ने बताउनुभयो । पछिल्लो समय विभिन्न ठाउँमा राजतन्त्र पुर्नस्थापनाका लागी पदर्शन भइरहेको र राष्ट्रीय पजातन्त्र पार्टीले पनि आन्दोलनका कार्यक्रमहरु गर्ने घोषणा गरिरहेको बताउँदै गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताउनुभयो । उहाँँले देशमा राजतन्त्र पुर्नस्थापना गर्न सम्भव नभएको पनि बताउनुभयो ।
पछिल्लो समय विभिन्न भेला समारोहमा राजनितिक दलका नेताहरुलाई प्रहार भइरहेको बताउँदै राजनिति प्रति जनताको वितृष्णा बढेको बताउनुभयो । देशका र मुलुकको समृद्धिका लागी देशको नेतृत्व युवाहरुलाई दिनुपर्ने बताउनुभयो ।





