देशको आर्थिक संकट नियन्त्रणका लागी समयमै पहल नगरे भयानक अवस्था सिर्जना हुन्छ -अर्थविद अधिकारी

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, पुष ९ । अर्थविद चन्द्रमणी अधिकारीले नेपालको अर्थतन्त्रमा चुनौति रहेको बताउँदै समयमै सचेत भएनौ भने अर्थतन्त्रमा ठुलो संकट आईपर्ने बताउनुभयो । रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा सहकर्मीे नमराज भण्डारी सँग कुराकानी गर्दै उहाँले अर्थतन्त्रका बारेमा पछिल्लो समय टिकाटिप्पणी हुने र कसैले सुधारउन्मुख अवस्थामा रहेको बताउने गरेपनि हाल देशमा अर्थतन्त्र संकटमा रहेको बताउनुभयो ।

सरकारले प्राथमिकता बजेट विनियोजन, विकासे बजेट र प्राथमिकताका आधारमा हेर्ने हो भने अर्थतन्त्र बलियो बनाउने तर्फ लागेको देखिए पनि कार्यान्वयनको हिसावले सरकारले अर्थतन्त्र बलियो बनाउनका लागी कुनै काम गरेको नदेखिएको बताउनुभयो ।

त्यस्तै कुराकानीकै क्रममा उहाँले नेपालको अर्थतन्त्रलाई अरु देशहरुसँग दाँज्नुभन्दा कसरी अर्थतन्त्रलाई बलियो बनाएर लैजान सकिन्छ भन्ने कुरामा लाग्नुपर्ने बताउनुभयो । उहाँले देशको आर्थिक संकट नियन्त्रणका लागी समयमै पहल नगरे भयानक अवस्था सिर्जना हुन सक्ने बताउनुभयो ।
नेपालको पर्यटन आय र रेमिट्ेयान्सले अर्थतन्त्र नबनाई सरकार विदेश भ्रमण र घुमफिरमा खर्च गर्ने गरेको आरोप लगाउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्