प्रचण्डले समिक्षा नभई आत्म प्रसंशाका लागि समय खर्चनु भयो -एमाले सचेतक वर्तौला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं,पुष १० । नेकपा एमालेका सचेतक महेश वर्तौलाले प्रधानमन्त्रि प्रचण्डले एक वर्षको समिक्षाको रुपमा आत्म प्रसंशाका लागि समय खर्चनु भएको बताउनु भएको छ । उहाँले प्रचण्ड नेतृत्वको सरकारको कार्यकाल राम्रो भयो भन्ने कुनै पनि तथ्य र प्रमाणले प्रमाणित गर्न सक्ने कुनै आधार नभएको बताउनु भयो ।

रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा सहकर्मी नमराज भण्डारी सँगको कुराकानीमा उहाँले सरकारको एक वर्ष र प्रचण्डको कार्यकाल पुर्ण रुपमा असफल भएको वताउनु भएको हो । यो अवधिमा कार्यकाल मात्र असफल नभई देश अर्को दशौ वर्ष असफलताको पथ तर्फ लाने प्रयत्न पनि भएको वताउनु भयो ।

प्रचण्ड नेतृत्वको सरकारले यो एक वर्ष सरकार टिकाउन देशको देशको स्रोतसाधन दोहन गर्न गठवन्धका दलहरु सक्रिय रहेको आरोप लगाउनु भयो । उहाले सरकारमा रहिरहन प्रचण्डले विभिन्न खालका काण्डका फाईल खोलिएको वताउनु भयो।

सचेतक वर्ताैलाले एमाले र माओवादिविच गठवन्धनको सरकार नवन्ने दावी गर्न भएको छ । उहाँले माओवादीले एमालेलाई राजनितिक ठुलो धौका दिएकाले एमाले र माओवादि विच सरकार निर्माणको कुरा सहज नरहेको वताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्