एमालेले राष्ट्रियसभाका १९ सिटमै उम्मेदवारी दिने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २० पुस । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचनमा १९ सिटमै उम्मेद्वारी दर्ता गराउने भएको छ ।

पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वारका बारेमा छलफल गर्दै पुष २३ गते १९ सीटै उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले महासचिव शंकर पोखरेलले प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागिएकोमा सिफारिस भएर आएका नामहरुका बारेमा प्रारम्भीक छलफल भएको जानकारी दिनुभयो ।

उहाले सिफारिस भएर आएका नामलाई टुङ्गो लगाएर १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेको बताउनुभयो । त्यस्तै बैठकले भारतसंग भएका केहि सहमतिप्रति पनि असन्तुष्टि जनाएको छ ।

राष्ट्रियताका प्रश्नमा सत्ताले प्रतिपक्षलाई विश्वास लिएर मात्रै काम गर्नुपर्नेमा त्यसो हुन नसकेकाले भारतसंग भएका सम्झौतका बारेमा जानकारी गराउन सरकारसंग माग गरिएको महासचिव पोखरेलले बताउनुभयो ।

त्यस्तै सचिवालय बठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गर्ने निर्णय गरिएको महासचिव पोखरेलले जानकारी दिनुभयो ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्