चौधरीलाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति 

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, १८ माघ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई चार दिन हिरासरमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ ।

बिहीबार पक्राउ परेका चौधरीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वलिकको कार्यालय हुँदै अदालत पेश गरेको थियो । अदालतले सिजी होल्डिङ्सका अध्यक्ष चौधरीका साथै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि ४ दिन नै हिरासतमा राखेर अनुमति दिएको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

चौधरीसँगै मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा थापालाई बत्तीसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्