सांसदहरूद्धारा मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २४ माघ । प्रतिनिधिसभामा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

एमाले सांसद गोकुल बाँसकोटाले सरकारले भत्किएको बाटो नदेखेको र किसानलाई दूधको बेचेको पैसा नदिएको भन्दै ध्यानाकर्षण गराए। 

माओवादी सांसद् अमनलाल मोदीले सहकारी पीडितलाई छिटो पैसा फिर्ता दिनुपर्नेमा जोड दिए। उनले पीडकलाई कारबाहीको दायरामा ल्याउन पनि सरकारसँग माग गरे। ‘अहिले सहकारीको चर्चा देशैभर छ।

सांसद अच्युतप्रसाद मैनालीले सरकारले चालु आर्थिक वर्षको आधारभन्दा बढी समय बितिसक्दा जम्म १७ प्रतिशत मात्र पुँजीगत खर्च गर्नु दुखद् भएको बताए।

यस्तै उनले मुआब्जाका लागि सरकारले बजेट विनियोजन गरेको तर मुआब्जा नपाएर जनता भने आन्दोलित रहेकोप्रति सरकारको ध्यानाकर्षण गराए। 

सांसद् अनिसा नेपालीले २०४९ माघ ५ मा स्थापना भएर राजतन्त्र हुँदा एसियाकै उत्कृष्ण कहलिएको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले क्षयीकरण हुँदै गएको बताइन्।

प्रतिष्ठानको विकासका लागि त्यहाँ कार्यारत शिक्षक तथा कर्मचारीको आन्तरिक बढुवा लामोसमय रोकिनु, अधिकांश अन्यत्र पलायन हुनु र भएकाहरूमा पनि उत्साह हराउनु प्रमुख कारण रहेको उनको भनाइ छ।

अब  प्रतिष्ठानको साख फर्काउन सरकारले ध्यान पुर्‍याउनुपर्ने सांसद नेपालीले बताइन् । 

यसैगरी, सांसद डा. अमरेशकुमार सिंहले विकास निर्माणको बाधक स्वयं सरकार बनेको टिप्पणी गरे। 

सांसद अब्दुल खाणले वन्यजन्तुबाट बर्दियाका नागरिकले ज्यान गुमाउनु परिरहेको भन्दै यसबारे विगतमा पनि सरकारको ध्यानाकर्षण गराएको तर सरकारले नसुनेको बताए। 

उनले नारायणगढ बुटल सडकखण्डको स्तरोन्नति अझै हुन नसकेको बताउँदै विकास निर्माणका काम भएनन् भने आफू संसद्मै अनशन बस्ने चेतावनी दिए। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्