संघीय कानून बनाएर कार्यान्वयन गर्न नसक्दा कामकारबाहीमा ढिलासुस्ती छः कांग्रेस नेता सिंह

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताउनुभयो ।

शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको उहाकाे भनाइ छ ।

नेता सिंहले गाउँ(गाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताउनुभएको छ ।

उहाँले केन्द्रिकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताउनुभयो ।

नेता सिंहले पार्टीलाई अहिलेको अवस्था भन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्