जनअपेक्षाअनुसार सरकारले काम गरिरहेको छः माओवादी नेता घर्ती

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, २५ माघ ।  नेकपा माओवादीका नेता पूर्ण बहादुर घर्तीले जनअपेक्षाअनुसार सरकारले काम गरिरहेको बताउनु भएको छ ।

उहाँले सरकारले सीमित साधन स्रोतका बाबजुद जनअपेक्षाअनुसार काम गरिहरेको बताउनु भएको हो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले सरकारप्रति जनताका अपेक्षा धेरै हुने भएकाले केही काम पुरा नहुने कुरा स्वाभाविक भएकाले त्यता अपेक्षालाई कसरी पुरा गर्न सकिन्छ भने कुरा संवेदनशील हुनु पर्ने बताउनु भयो ।

गठबन्धन सरकारबाट देश निर्माणको काम, विकाशको काम र सम्वृद्धिको यात्रा अघि बढ्ने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन देशका लागि आवश्यक भएको दाबी गर्नु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्