देशको अर्थतन्त्रको अवस्था राम्रो छैनः अर्थविद् निरौला

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडाैं, २९ माघ ।  अर्थविद् उत्तम निरौलाले देशको अर्थतन्त्रको अवस्था राम्रो नरहेको बताउनु भएको छ ।

उहाँले नेपालको अर्थतन्त्रमा लामो समयदेखि नै केही संरचनात्मक समस्याहरू रहेको बताउनु भयो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले सरकारसँग अहिले पर्याप्त पैसा भए पनि उत्पादनसँग जोडिने,व्यवसाय गर्ने समूह न भएकाले पनि अर्थतन्त्रमा समस्या रहेको बताउनु भयो ।

उपभोग गर्ने वस्तुहरूको आयात गरेर विदेशी मुद्रा खर्च भइरहेको बताउनु भयो ।  संरचनात्मक आर्थिक सुधारको नीति सरकारले आर्थिक सुधारको नीति लिनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले आर्थिक सुधार र रोजगारीका लागि उद्योग सञ्चालन गर्न निजी कम्पनीहरू सँग सहकार्य गरेर जानु पर्ने बताउनु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्