काठमाडौं, २७ फागुन । नेकपा माओवादी केन्द्रका नेता रणेन्द्र बरालीले गठबन्धनबारे विभिन्न आरोप लगाउनु स्वाभाविक रूपमा लिनु पर्ने बताउनुभएको छ ।
उहाँले माओवादीले जनताको चाहाना र देशको समृद्धका लागि नयाँ सत्ता समीकरण गरेको बताउनुभयो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा नेता बरालिले राजनीतिमा कोही अस्थायी र स्थायी शत्रु नहुने बताउनुभयो ।
प्रतिपक्षले निभाउने भूमिका निभाउने भन्दै प्रतिपक्षले बढी भन्दा बढी विषयमा सहयोग हुने ठहर भइसके पछि सत्ता पक्षमा आउने भएकाले अहिले पनि त्यस्तै भएको बताउनुभयो ।
उहाँले गठबन्धनको आयु कति भनेर प्रश्न उठ्नु स्वाभाविक भएकाले अबको सत्ता समीकरणले नयाँ तरिकाले काम गर्ने र स्थिर सरकार बनाउने बताउनुभयो ।
उहाँले समाजवादी मोर्चा देशको आवश्यकता भएको बताउनुभयो ।





