काठमाडौं, २८ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले अहिलेको सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने बताउनुभएको छ ।
उहाँले आफ्नो पाटिले ‘राष्ट्रियसभा अध्यक्षमा पाटिकै नेता नै समर्थक रहेकाले मतदान गर्ने बताउनुभएको छ । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले प्रधानमन्त्रीले लिने विश्वासको मत दिने कि नदिने भन्ने विषयमा भने प्रचण्ड र अन्य सत्तामा रहेका दलहरूले पहिले आफ्नो गल्तीलाई महसुस गर्नु पर्ने र दोहोरिए राम्रो नहुने बताउनु भयो ।
उहाँले नयाँ गठबन्धन सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन देशका लागि आवश्यक भएको दाबी समेत गर्नुभयो ।





