काठमाडौं, फागुन ३० । नेकपा एमालेका नेता तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठले नेपाली काँग्रेसले विवादमा मुछिएका व्यक्तिलाई मन्त्री बनाएको भनेर दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउनु भएको छ ।
उहाँले कुनै पनि व्यक्ति अभियोग लाग्ने बित्तिकै दोषी नहुने बताउनुभयो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले एमाले प्रतिपक्षमा रहँदा विवादमा मुछिएका व्यक्तिलाई मन्त्रीबाट हटाउनु पर्ने माग गर्ने अहिले सरकारमा समर्थन गर्यो भन्ने काँग्रेसले ती व्यक्तिलाई प्रधानमन्त्रीको अफर किन गरेको भन्दै प्रश्न गर्नुभयो ।
उहाँले गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमाले प्रधानमन्त्री पाउनका लागि सरकारमा नगएको दावी गर्नुभयो ।





