इलाम २ मा एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ४ चैत ।  इलाम-२ को रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेबाट ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ ।

इलाम जिल्ला कमिटीले उम्मेदवारको दाबेदारहरूको नाम आज केन्द्रमा पठाएको हो ।

वैशाख १५ गते हुने उपचुनावका लागि उम्मेदवार छनौट गर्न जिल्ला कमिटीका उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कमिटी बनाइएको थियो ।

केन्द्रमा सिफारिस गरिएका नामको सूचीमा दिवंगत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ, रवीन्द्र सुवेदी, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल, बुद्धि खनाल र रिप्पल राई छन् । उम्मेदवारको अन्तिम टुंगो पार्टी केन्द्रले गर्नेछ ।

एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधनपछि यो क्षेत्र रिक्त छ । निर्वाचन आयोगले चैत २४ मा मनोनयनको मिति तोकेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी