काठमाडौं, ४ चैत । नेपाली काँग्रेसका सह महामन्त्री तथा सांसद बद्री पाण्डेले नेपाली काँग्रेस र एमाले मिल्नुपर्ने आवाज उठ्ने गरेको बताउनु भएको छ ।
उहाँले वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने भन्दा पनि देशमा आएका सङ्कटको समाधानका लागि मिल्नुपर्ने नागरिक स्तर बाट आवाज उठ्ने गरेको बताउनु भएको छ ।
रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले यसलाई सकारात्मक रूपमा ग्रहण गर्नुपर्छ भन्ने कुरामा नेपाली काँग्रेस र एमालेले सकारात्मक सोच राख्नु पर्ने कुरा उठ्ने गरेको बताउनुभयो । सरकारमा हुनु र प्रतिपक्षमा हुनु कुरा प्राविधिक कुरा भएको उहाँको भनाई छ ।
उहाँले नेता पाण्डेले काँग्रेस र एमाले यस व्यवस्थाका संस्थापक भएकाले पनि एक हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेस नयाँ सरकार बनाएर सरकार नजाने बताउँदै रचनात्मक प्रतिपक्षको भूमिकामा बस्ने बताउनुभयो ।





