काठमाडौं, ६ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिहं महरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताउनुभएको छ ।
गृहमन्त्री लामिछाने सहकारी ठगीमा मुछिएका व्यक्ति रहेकोले राजीनामा दिनु पर्ने बताउनुभएको हो । स्वयम् अनुसन्धानको दायरामा रहेको व्यक्तिले अनुसन्धानलाई प्रभावित गर्न सक्ने स्थानमा बस्न नहुने उहाँको भनाइ छ ।
रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले वैकल्पिक शक्तिको नारा लगाएर आएका गृहमन्त्री लामिछानेको ठाउँका आफू भएको भए राजीनामा दिएर आफूमाथि पनि छानबिनका लागि प्रस्ताव गर्ने उहाकाे भनाई छ ।
उहाले नेपाली काँग्रेसले रचनात्मक प्रतिपक्षका रूपमा सहयोग गर्ने बताउनुभएको छ । काँग्रेसले समय समयमा प्रतिपक्षमा बस्दै र उचित भूमिका पनि निर्वाह गर्दै आएको उहाले बताउनुभयो ।
काँग्रेसले विवादित व्यक्तिहरूलाई मन्त्री बनाएको भन्दै सरकारको आलोचना गर्दै आएको छ ।





