परराष्ट्रमन्त्री श्रेष्ठ चैत ११ गते चीन भ्रमणमा जाने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, ५ चैत ।  उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । 

परराष्ट्र मन्त्रालयका अनुसार उनी चैत ११ गते चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् । परराष्ट्रमन्त्री पाँच दिनका लागि चीन जान लागेको र यो सद्भाव भ्रमण हुने बताइएकाे छ ।

चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले मानसरोवर पनि जाने तयारी गरेका छन् ।

हालसम्म विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता हुने र बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) अन्तर्गत सञ्चालन गर्ने आयोजनाका सम्बन्धमा छलफल हुने तय भएको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी