बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, चैत १९ ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभामा भएको विश्वासको मत माथिको प्रस्तावमा मतदान हुदै प्रस्तावको पक्षमा ५६ मत परेको थियो । ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत नै आवश्यक पर्दछ ।

आजको मतदान प्रक्रियामा १०८ सांसद उपस्थित थिए । त्यस्तै प्रस्तावको विपक्षमा ३७ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो ।

बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् । 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्