इलाममा २ डम्बरबहादुर खड्का र बझाङमा अभिषेक बहादुर सिंहलाइ उम्मेदवार बनाउने कांग्रेसकाे निर्णय

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, चैत २२ । नेपाली कांग्रेसले बैंशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।.

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानलीकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाम क्षेत्र नम्बर २ का लागि कांग्रेस इलामका सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले बझाङको प्रदेशसभा उपनिर्वाचनका लागि अभिषेक बहादुर सिंहलाई उम्मेद्वार बनाउने निर्णय गरेको उहाले बताउनुभयो ।

यसअघि बिहीबार नै बसेको संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । प्रचार विभाग प्रमुख विश्वकर्माले निर्वाचनमा पार्टीले जित्नको लागि सबैको सहयोग आह्वान गरिने र परिस्थीति निर्माण भए सहकार्यको वातावरण बन्न सक्ने बताउनुभयो ।

इलामका उम्मेदवार खड्का २०७९ को चुनावमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित हुनुभएको थियो । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी