वैदेशिक रोजगारीमा जाने श्रमिकले एक घण्टा भित्रै श्रम स्वीकृति पाउने

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं , २५ चैत।  वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भएको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको जनाएको छ । पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले नयाँ सफ्टवेयरको प्रयोगबाट एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गर्न सफल भएको बताउनुभयो ।

उहाले बिभागमा हुने कामकारवाहीलाई एकलेयर प्रणालीबाट गर्न सक्ने गरि नितिगत सुधार गरिएको धारणा राख्नुभयो । एक जना श्रमिकले सवै कागजात पुरा बुझाएको अवस्थामा दुई मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति पाउन सक्ने गरि काम गरेको र प्रविधिलाई मध्यनजर गर्दै एक घण्टा भित्र नै श्रम स्वीकृति प्रदान गरिने भनिएको उहाले बताउनुभयो । उहाले अव सवै कागजात अपलोड गरेको एक घण्टामा मोवाईलमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने दावी गर्नुभयो ।

मन्त्री अर्यालले वैदेशिक रोजगार कार्यालयलाई थप सुधार गर्न अध्ययन भइरहेका दावी गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी