उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं, २८ चैत ।  निर्वाचन आयोगले वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ।

इलाममा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन्। बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो।

बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएकामा नेपाली जनतादलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी