
काठमाडौं, २८ चैत । नेकपा एमालेका नेता दामोदर पौडेल वैरागीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बनाउन आवश्यक नरहेको बताउनुभएको छ ।
उहाँले लामिछानेमाथि छानबिन गर्न तथ्य, प्रमाण नभएको बताउनुभयो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानी गर्ने क्रममा उहाँले कुनै पनि विषयको गम्भीरता हेरेर छानबिन समिति बनाउनु पर्ने एमालेको मान्यता रहेको बताउनु भयो ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले भने गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगीको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रतिनिधिसभामा विरोध गर्दै आएको छ ।