
काठमाडौं , २ वैशाख । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साना भन्दा साना कुरामा संसदीय छानबिन समिति बनाउने प्रतिपक्षको माग जायज नभएको बताउनुभएको छ ।
उहाँले प्रतिपक्षले संसदमा प्रश्न गर्न पाउने अधिकार भए पनि संसद नै अवरोध गरेर मत्वपुर्ण विधेक पारित गर्न असहज परिस्थिति सिर्जना हुनु गलत भएको बताउनुभयो ।
रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संसदीय छानबिन समिति गठन नगरेर भागेको आरोप लगाउने काँग्रेसले नै चलिरहेको संसदलाइ अवरुद्ध गरेकाे बताउनुभयो ।
उहाँले प्रतिपक्षले नयाँ सरकारलाई काम गर्न असहज परिस्थिति सिर्जना गरेको र एक जना बहालवाला गृहमन्त्रीको विषयलाई लिएर संसदीय छानबिन समिति गठन गर्ने माग राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको बताउनुभयो ।
यस्तै, नेपाली काँग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको निष्कर्ष निकालेको छ ।