
काठमाडौँ, वैशाख ४ । राप्रपा नेपालका नेता बुद्धिमान तामाङले देशमा जनताका लागि सरकार नभएको बताउनु भएको छ ।
उहाँले जनताले सरकार भएको अनुभूति गर्न नपाएको बताउनु भएको छ । देशमा एउटा सरकार छ तर काम लाग्ने नभएको काम बिगार्ने भएको बताउनु भयो । देशमा सरकारले कुनै काम नै नगरेको बताउनु भएको छ । रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी क्रममा तामाङले देशलाई सुशासनमा नभई कुशासनमा लिन सरकार अग्रसर भएको बताउनु भयो ।
शान्तिपूर्ण रूपमा परिचालन गरिएको आन्दोलनमा गरेको दमन इतिहासमा अक्ष्मय रहेको बताउँदै उहाँले भने आन्दोलनमा गरिएको दमन निन्दनीय रहेको बताउनु भयो ।
उहाँले आन्दोलनको क्रममा मृतक ठाकुर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्नु पर्ने राप्रपाको माग रहेको बताउनु भयो ।