गृहमन्त्रीले आफूमाथि उठेका प्रश्नको समाधान सहितको जवाफ दिनु पर्छः एमाले नेता ढकाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौँ, ५ वैशाख । नेकपा एमालेका नेता सूर्य प्रसाद ढकालले सहकारीका विषयमा सडक देखि सदन सम्म उठेका प्रश्नहरूको जवाफ गृहमन्त्रीले दिनु पर्ने बताउनु भएको छ ।

उहाँले गृहमन्त्री रवि लामिछानेले समस्याको समाधान हुने गरी जनतालाई जवाफ दिनु पर्ने बताउनु भएको हो ।

रेडियो काठमाण्डुको कार्यक्रम राइट कर्नरमा कुराकानी क्रममा देशमा परिवर्तन, सुशासन ल्याउने र पुराना दलले केही गर्न नसकिने आफू गर्ने भन्ने लामिछानेलाई अहिले देशको उपप्रधान तथा गृहमन्त्री बनाइएको बताउँदै उहाँले लामिछानेले आफूमाथि उठेका प्रश्नको समाधान सहितको जवाफ दिनु पर्ने बताउनु भयो ।


प्रतिपक्षी दलहरूले गृहमन्त्री लामिछानेका कारण सहकारी पीडितले न्याय पाउन नसकेको आरोप लगाउँदै आएका छन्। गृहमन्त्री लामिछानेका कारण सहकारीका पीडितलाई न्याय दिन र छानबिन गर्न बाधा उत्पन्न भएको दाबी गर्दै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्