इलाम- २ मा सुहाङको अग्रता कायमै

रेडियो काठमाण्डु
  • ख-
  • ख+

अन्तिम पटक अध्यावधिक गरिएको

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् ।

प्राप्त पछिल्लो विवरण अनुसार सुहाङले १९हजार १ सय १४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२हजार ६सय ७५ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ८ हजार मतले अगाडी रहेका छन् ।

त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले पनि पछिल्लो गणनामा मत बढाउदै लगेका छन् । उनले अहिलेसम्म ९४१० मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु ३,२४२ मत प्राप्त गरेका छन् ।

इलाम-२ मा अहिलेसम्म ४४ हजार ३७३ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।  

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी