काठमाडौं, जेठ १ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसदमा पेश भएको छ ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । त्यसअघि नीति तथा कार्यक्रम सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ वानेश्वरस्थित संसद भवन परिसरमा पुग्नु हुँदा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल लगाएतले स्वागत गरेका थिए भने नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति पौडेलले देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि राजनीतिक स्थायीत्व, सुशासन बिकास र सामाजिक न्याय सहित समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सरकार प्रतिवद्धत रहेको बताउनुभयो । संघीयता कार्यान्वयनका साथै आर्थिक बिकासका साथै सुशासन प्रवद्र्धनका साथै सार्वजनिक सेवा प्रवाहमा सहजीकरण र भ्रष्टाचार नियन्त्रण सरकारको मुख्य प्राथमिकता रहेको उहाले बताउनुभयो ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउन र सन्तुलित परराष्ट्र नीति कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको उहाले बताउनुभयो । उहाले मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको अवस्थामा अर्थतन्त्रलाई बलियो बनाउनका लागि पनि सरकारले ध्यान केन्द्रीत गरेको जिकिर गर्नुभयो ।
उहाले व्यवसायीक वातावरण बनाउदै बन्द भएका उद्योगहरुलाई सञ्चालन गर्ने नीति सरकारको रहेको बताउनुभयो । उहाले स्वास्थ्य सेवालाई सहज बनाएर नागरिकको स्वास्थ्य अधिकारलाई थप स्थापीत गर्न खोजिएको धारणा राखनुभयो । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने व्यवस्था छ ।