काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारलाई कसैले हटाउन नसक्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले बाहिर चर्चा चलेजस्तो वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेको र अहिले सरकारलाई कसैले हटाउन नसक्ने बताउनुभएको हो । उहाले आफ्नो नेतृत्वको सरकार बन्न थालेको दिनदेखि नै यसको आयुका बारेमा बहस हुने गरेपनि आफुले डेडबर्षदेखि जनताको काममा निरन्तर काम गर्न पाएको धारणा राख्नुभयो । उहाले आफुहरुसंग भएको सांसदको संख्या जादुवाला रहेको भन्दै तरिका मिले पुरै अवधि सरकार सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । इतिहास, मुद्धा र आन्दोलनका कारणले पनि आफु नेतृत्वको सरकारलाई हटाउन सहज नभएको उहाको भनाइ छ ।
माओवादी अध्यक्ष समेत रहनुभएका प्रचण्डले राजनीतिक तहमा भएका सहमतिलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने बताउनुभयो । त्यस्तै प्रचण्डले समाजवादी क्रान्तिका लागि नयाँ बिचार बनाउन महाविधेशनमा जाने भन्दै अव बस्ने पार्टीको केन्द्रीय कमिटी बैठकले महाविधेशनको मिति तय गर्ने जानकारी दिनुभयो ।
यसअघि पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गरिएको उल्लेख गर्दै उहाले अव पनि ऐतिहासिक दिन छानेर महाधिवेशनको उद्घाटन गर्ने गरि मिति तोकिने जिकिर गर्नुभयो । उहाले माओवादीले मात्रै देशको एकता, प्राप्त उपलव्धी र व्यवस्थालाई सुदृढ गर्न सक्ने गरि जनतामा विश्वास पैदा गर्ने बताउनुभयो ।