नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई गगनको सुझाव

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, असार ९ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफुलाई नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको शुन्य समयमा थापाले संसदीय व्यवस्थामा आफुलाई नटेर्ने मन्त्रीलाई फेर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको भन्दै त्यसो गर्न नसके बालुवाटारबाटै डेरा गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभएको हो । उहाले स्थानीय तहलाई दिइने समानीकरण अनुदान घटाउने सरकारको तयारी उचित नभएको बताउनुभयो ।

वडाको क्षेत्राधिकार पर्नेमा बजेट हाल्ने संघको अनुदान कटौती गर्ने कदम स्वीकार्य नरहेको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्