राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्छ -नेता नेपाल

रेडियो काठमाण्डु
  • ख-
  • ख+

काठमाडौं, माघ १ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले बिगतका गल्तीको सवैले समिक्षा गर्दै राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको हो । कम्युनिष्ट पार्टीका नेताले पटक पटक मुलुक सञ्चालन गरेपनि जनता सन्तुष्ट हुन नसकेको उहाले बताउनुभयो । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था र राजतन्त्रका साथै ठूला–ठूला द्वन्द्वहरु समाधान गरेकाले नेपालीहरुले आफुलाई कमजोर ठान्नुपर्ने अवस्था नरहेको धारणा राख्नुभयो । पाँच हजार बर्ष पुरानो देश नेपाललाई अघि बढाउने जिम्मेवारी सवैको रहेको उहाको भनाइ छ । उहाले अन्तराष्ट्रिय साम्राज्यवाद र घरेलु प्रतिक्रियावादका बिरुद्ध निरन्तर लड्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष नेपालले आफ्नो पार्र्टीले बेठिक कुराको विरोध र सहि कुराको समर्थन गर्र्दै न्यायको पक्षमा आवाज उठाउने धारणा राख्नुभयो । उहाले पिस्कर दमन र प्रतिरोधको कथा भएको स्मरण गर्नुभयो । निरंकुश व्यवस्थाविरुद्ध संघर्षको विगुल फुकेका योद्धाले २०४० साल माघ १ गते सिन्धुपाल्चोकको पिस्करमा साहदात प्राप्त गरेको दिनलाई पिस्कर स्मृतिका रुपमा मनाउने गरिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि 921radiokathmandu@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्